काठमाडौं । भोलिबाट हलमा चलचित्र ‘महाभोज’ लाग्दै छ । शुक्रवार रिलिज हुने महाभोजको अग्रिम टिकट बुकिङ पनि खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । दुई साता अघि नै रिलिज तय भएको चलचित्र विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको हो ।
‘महाभोज’ सोसल ड्रामा जनरामा आधारित छ । सहकारी संस्थामा वचत गरिएको रकम अपचलन हुँदा यसले वचतकर्ताको सामाजिक र आर्थिक जीवनमा ल्याउने उतारचढावको कथा यसमा छ ।
दिनेश राउत निर्देशित फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछान, अञ्जना बराइली, मलिका महत, आर्यन सिग्देलको अभिनय छ । १३३ मिनेट रनटाइमको फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ । ‘महाभोज’ले देशब्यापी ११० शो पाएको छ ।







२९ जेष्ठ २०८२, बिहीबार १८:५९ 








