काठमाडौँ। नायक पल शाह मात्रै एक त्यस्ता अभिनेता हुन् जो चलचित्रमा भन्दा बढी मेला महोत्सवमा व्यस्त रहन्छन्। यतिबेला उनि महोत्सवकै लागि रारा पुगेका छन्। रारा बाटै एक भिडियो बनाउदै उनलाई धेरै सोधिने तपाई किन मेला महोत्सवमा धेरै देखिनुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिएका छन्।
यसै सन्दर्भमा उनि भन्छन् म जनताको मान्छे हो यसकारण उहाँहरुसँग प्रत्यक्ष माया र आशिर्वाद लिन मेला-महोत्सवमा जाने गर्छु। बुढा- बुढा आमा बुवाहरुले छोएर आशिर्वाद दिनुहुन्छ मेरो लागि यो भन्दा ठुलो खुशी केहि होईन।
उनि थप सुनाउछन् अर्को कुरा भनेको म यति व्यस्त छु कि मैले चाहेर पनि घुम्न जान समय मिलाउन सक्दिन तर मेला- महोत्सवको अवसरमा मैले देशका जिल्ला-जिल्ला घुम्न पाईरहेको हुन्छु यसकारण म मेला-महोत्सवमा जाने गर्छु।







३ असार २०८२, मंगलवार १७:४३ 








