दोलखा बासीलाई पिडा भुलाउँदै कलाकारहरु

...

nepali artist in earquake help

असार, दोलखा । दोलखाका भुकम्प पिडित स्थानिय बासिहरुलाई नेपालको ख्यातिप्राप्त कलाकारहरुले पिडा भुलाउने जमर्को गरेका छन् । भुकम्पमा पिडा भोगिरहेका पिडितहरुलाई हाँस्य क्षेत्र तथा गित संगित क्षेत्रका बिभिन्न कलाकारहरुले राहतस्वरुप मुस्कान दिएका थिए ।

 

शुक्रबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कलाकारहरुले मनोपरामर्श अभियान मार्फत् मुस्कान बाँडेका हुन् । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शम्भुजित बास्कोटा, बिरही कार्की, सत्यराज आचार्य, स्वरुपराज आचार्य, राजु ढकाल, हाँस्य कलाकार दिपकराज गिरी , दिपा श्री निरौला, जितु नेपाल, केदार घिमिरेले भुकम्पको पिडा भुल्दै अब नयाँ शुरुवात गर्न आग्रह गरेका थिए ।

nepali artist
दोलखाका बासिन्दाहरु भुकम्पको पिडाबाट अझै बाहिर निस्कनु सक्नुभएको छैन तसर्थ हामी कलाकारहरुले भुकम्पको घाँउमा मलम लगाउने प्रयास गरेका हौं, अब हामी सबै त्यो पिडालाई भुल्दै अगाडि बढ्नुपर्छ, नयाँ शुरुवात गर्नुपर्छ, गायक बिरही कार्कीले आर्टिस्ट खबरसँग भने ।
कलाकारहरुले गित सँगित तथा हाँस्य प्रस्तुती बाट हँसाउने प्रयास गरेका थिए ।