पुस, काठमाडौं । मौसम र आफ्नो पेशाअनुसार जुत्ता, चप्पल लगाउन खप्पिस युवतीहरू जाडो लागेसँगै न्यायो जुत्ता (बुट)मा आकर्षित हुन्छन् । चिसो मौसममा खुट्टालाई न्यानोपन दिन तथा स्टाइलिस्टका लागी पनि युवा युवतीको पहिलो रोजाइमा छ बुट । युरोपमा बढी फेसनमा चलेकोे बुट नेपाली बजारमा भित्रिएको करिब एक दशकमात्र भएको छ । छाटो समयमै शहरी क्षेत्रका पछिल्लो पुस्ताको जाडोको पहिलो रोजाइ बुट बन्दै गएको छ ।
मोडल तथा नायीका सन्ध्या पौडेल आजभोलि बुट नलगाई घरबाट बाहिर जाँदिनन् । ‘लङ ड्रेसमा लङ बुट लगाउँदा छुट्टै स्मार्ट लाग्छ’ सन्ध्या भन्छिन, ‘जाडोमा सुरक्षाका साथै फेसनेवल लुक्स देखाउन बुट लगाउने गरेको छु ।’ बुट जाडोका सबै ड्रेसमा उतिकै म्याचिङ हुने भएकोले पनि उनको रोजाइमा बुट परेको हो । कालो लङकोटमा अग्लो बुट लगाउन उनी झनै राम्री देखिन्छन् ।
जाडोको मौसमसँगै बजारमा युवतीको नयाँ जुत्ताले बजार लिएको छ । बजारमा युवतीका बुट न्यूनतम १५ सयदेखि १५ हजार रुपैयाँमा उपलब्ध रहेको व्यापारीहर बताउछन् । जाडोको मौसममा बुट लगाएर हिँड्न रुचाउने युवतीको संख्या ह्वातै बढेको व्यापारी बताउँछन् । दरबारमागस्थित ‘इन्भइ’ शोरुमकी इन्चार्ज अनिशा गुरुङ जाडोको मौसममा अधिकांश युवतीहरूको पहिलो रोजाइ बुट रहेको बताउँछिन् । नेपालमा लेडिज सुजका लागि पहिलो अन्तराष्ट्रिय स्तरको ब्राण्ड ल्याएको इन्भइको दाबी छ । अमेरिकाको यो ब्राण्डले विशेषगरी युरोपका चर्चित ब्राण्डका लेडिज जुत्ताचप्पल भित्र्याउँदै आएको छ । मंसिरदेखि फागुनसम्म बुटको कारोबार बढी हुने गरेको छ । उनका अनुसार बुटको वषैपिच्छे माग बढ्दै गएको छ ।
–
जाडो मौसममा बुटको राम्रो व्यापार भएकाले पनि यो मौसमलाई व्यापारीले व्यापारको मुख्य सिजनको रूपमा लिने गरेको छन् । नेपालका कलाकार र मोडेलहरूको पहिलो रोजाइ बुट बन्ने गरेको चलचित्र निर्माता नविन बुढाथोकी बताउछन् । जाडो लागेपछी वुट नछोड्ने निर्माता बुढाथोकी भन्छन्, ‘ विभिन्न देश घुमेर आएका नेपाली युवतीमात्र होइन, सामान्य आयस्रोत भएका पनि यस्ता ब्रान्डेड जुत्ताप्रति आकर्षित भएको पाईन्छ, विषेश गरी कलाकारको रोजाईमा बुट छन् ।’ विशेषगरी ब्राण्डेड जुत्ता चप्पलका लागि दरबारमाग र न्युरोड क्षेत्र बढी प्रमुख गन्तव्य हुन् ।
अधिकांश युवती आफूले प्रयोग गर्ने स्यान्डिल तथा जुत्ता चप्पल राम्रो र अरुको भन्दा फरक होस् भन्ने चाहना राख्ने मोडल तथा गायीका हेमानी ढुगाल बताउछिन् । हेमानीले भनीन् ‘मेलै प्रयोग गर्ने बुट अस्तिमात्रै दरबारमार्गमा ७ हजारमा किनेकी हु, लुकीङ गुड छ, पनी छ , लगाउदा कम्फरटेवल पनि ।’ असोज कात्तिकबाट फागुन चैतसम्म आफुले बुट लगाउने बताईन् । हेमानी मौसम र ड्रेसअनुसार विभिन्न चप्पल, जुत्ता प्रयोग गर्ने रुचाउने केटीहरूदेखिकै आफ्नो सोख भएको बताउछिन् ।