काठमाडौं । नेहा कक्करसँग नेपाली गायक एकदेव लिम्बुको सहकार्य रहेको हिन्दी संस्करणको गीत ‘झिम झिम’को टिजर भिडियो सार्वजनिक भएको छ । ४० सेकेन्डको टिजरमा हिन्दी र नेपाली गीतको मिश्रण छ । नेहाले हिन्दीमा गाएकी छन् भने एकदेवले नेपाली संस्करण ‘झिमझिमाउने आँखा’लाई नेपालीमै गाएका छन् ।
गीतको भिडियोमा भारतीय कलाकार ऋत्भिक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन् । यो गीतको नेपाली संस्करणको भिडियोमा एमटिभी स्प्लिट्सभिल्लाकी प्रतियोगी तथा कलाकार दिकिला शेर्पाले समेत अभिनय गरेकी थिइन् ।







११ असार २०८२, बुधबार १४:३४ 








