पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचर गर्दा प्रभात लामालाई धम्की !

...

काठमाडौँ। कमेडी गरेकै भरमा आफुलाई गालि,धम्की आउन थालेपछि कमिडियन प्रभात लामा लेख्छन्, ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा मैले पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेपश्चात  केही साथिहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ। म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्री ज्यू को पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पुर्व राजाको क्यारिकेचर गर्दा गलत के भयो रु तपाईको राजा नआउदै यस्तो रवाफ देखाउनु हुन्छ भने साच्चै राजा आएको दिन के गर्नु हुन्छरु मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईको राजा ल्याउदै गर्नुस्।

रह्यो कुरा जनजातीले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टीस क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईहरु पनि गर्नुस। कलाकारितामा आउनुस्। जातभातको कुरै नगर्नुस्। यो शोभनिय कुरा पनि होईन। अर्को बुझ्न पर्ने कुरा हास्यव्यंव्ग्य कलाकारले जसको क्यारिकेचर गर्दैमा उहांको मान- मर्दन गरिने भन्ने होईन। बरु त्यो पात्र मार्फत धेरै कुरा र विचारस ठट्यैली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ ।

व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पुर्वराजा हजुरबुवा समान हुनुहुन्छ। उहांलाई गर्नु पर्ने सम्मान र आदर सधै उस्तै छ। मलाई राम्ररी थाहा छस उहालाई कुन सम्मान दिनु पर्ने हो भनेर। त्यो तपाईहरुले सिकाईराख्न परेन। व्यक्तिगत रुपमा उहालाई उत्तिकै आदररभाव व्यक्त गर्न सक्छु जति उहा सम्मानित र आदरणीय हुनुहुन्छ। त्यसैले मलाई कुनै पनि शैलीको धाक- धम्कीको भाषा प्रयोग नगरी दिनुहोला। कार्यक्रम केवल मनोरन्जनको लागि तयार पारिएको हे। राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होईन। हेरेर मज्जाले हांस्नु होला। सुझाव चाही दिदै गर्नु होला ।