‘गोबर गणेश’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी

...

काठमाडौँ। मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले निर्देशन र निर्माण गर्न लागेको चलचित्र ‘गोबर गणेश’मा अभिनेत्री वर्षा सिवोकाटी अनुबन्धित भएकी छन् । चलचित्रको शीर्ष भूमिकामा अभिनेत्री वर्षा सिवोकाटी अनुबन्धित भएकी हुन्।

यसअघि यो चलचित्रमा  पदम तामाङ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजना घिमिरे ‘पुकु’ अनुबन्धित भैसकेका छन् । ‘गोबर गणेश’मा कलाकार अनुबन्धित हुने क्रम जारी छ ।

भदौ पहिलो सातादेखि चलचित्रको छायांकन सुरु  गरिने स्रोतले बताएको छ।  प्रदर्शन मिति भने टुंगो लागिसकेको छैन।