काठमाडौँ । अभीनेता जीवन लुईटेल अमेरीकाबाट नेपाल फर्कीने भएका छन् । अमेरिका गएको लगभग एकदशकपछि चर्चित अभिनेता लुइँटेल अभिनयमा फर्किने अर्थात कमब्याक गर्ने पक्का भएको छ । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’मा उनले अभिनय गर्ने भएका छन् ।
उक्त नाटककै लागी जीवन लुुईटेल आगामी साता नेपाल आउँदैछन् । नेपाली चलचित्र ’तिर्खा’बाट अभिनयमा डेब्यु गरेका उनले २००२ को ’मिस्टर नेपाल’को उपाधि विजेता पनि हुन् । सानो संसार, मेरो एउटा साथी छ, कसम हजुरको, नसिब आफ्नो, नाइँ नभन्नु ल, म तिम्रो भइसकेँ, मालतीको भट्टी, नोट बुक,स्टूपिड मन’ लगायतका ६० भन्दा बढी चलचित्रमा उनले काम गरेका छन् ।
उनले अभिनय गरेको पछिल्लो चलचित्र स्टूपिड मन हो जसबाट जीवनले आशा गरे अनुरूप सफलता पाउन सकेनन् । त्यसपछि अमेरिका हानिएका उनी अहिलेसम्म उतै छन् । र अब भने उनी पुन: कमब्याक गर्दैछन् ।







१५ असार २०८२, आईतवार १३:१८ 








