‘जहाजैमा’मा सौगात मल्लको प्रवेश

...

काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको चलचित्र ‘जहाजैमा’मा श्रृंखलाबद्ध रुपमा कलाकारहरुको प्रवेश भइरहेको छ । केही दिनअघि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र जापानी अभिनेत्री रजेल इचिमियालाई अनुबन्धित गरिएको फिल्ममा अब सौगात मल्ल पनि भित्रिएका छन् । गत शुक्रबार उनीसँग निर्माता उज्जवल गुरागाईँले कागजी सम्झौता गरेका हुन् ।

सौगातले  माग्ने बुढासँग पहिलो पटक काम गर्न लागेका हुन् । चलचित्रमा कलाकारको लाइनअप थप बलियो बनाउन केही दिनमा अहिलेका चल्तीका एक अभिनेतालाई अनुबन्धित गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ । सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने जनाइएको छ । आगामी भदौबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।