भोकलले साथ नदिदा गुमनाम हुनुपर्यो -प्रेम परियार

...

काठमाडौँ। वर्षौसम्म गुमनाम भएका गायक प्रेम परियार भन्छन्, ‘भोकलले साथ नदिदा गुमनाम हुनुपर्यो  उमेरसंगै आवाज परिवर्तन हुदा पहिले आफैले गाएको गीतपनि त्यहि रेञ्जमा गाउन सकिन। चलचित्र ‘नाई नभन्नु ल २ को ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएपछि प्रेम परियार चर्चामा आएका थिए । उनको जादुमय आवाजले सबैको मन जीतेको थीयो । तर पछील्ला केही वर्षहरुयता उनी गुमनाम छन् ।

गुमनाम हुनुको कारण खुलाउदै उनी भन्छन्, ‘मेरो भोकल एक्कासी चेन्ज भयो पहीला आफैले गाएको गीतहरु पनी त्यही रेन्जमा गाउन सकीन यसकारण ग्याप बसे । उनी थप सुनाउँछन् मलाई सानोमा धेरैले युज गरे । मेरो मेहनतको कमाई अरुले नै खाए ।साथै पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय गीत नगाएको सुनाउँछन् । अबको उनको योजना छ मेहेनत गरेर एउटा गजब्बको गीत बनाउने र पहीलासरह नै दर्शकको माया बटुल्ने ।

धादिङका प्रेम परियारले तेह्र वर्षको उमेरमा ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर सबैको नजरमा पर्न सफल भएका थीए । त्यतीबेला उनलाई दोस्रो रामकृष्ण ढकाल भन्ने पनि धेरै थीए । ‘सानैदेखि गीत गाउन थालेका प्रेमले पहीलोपटक ‘नाई नभन्नु ल  फिल्ममा गीत गाउन अवसर पाउदा नीकै खुसी थीए।

नाई न भन्नु ल मै उनले गाएको अर्को गीत ‘यी आँखामा तिमी छौं’ पनि निकै चलेको छ । सुरिलो स्वर सुनेपछि उनलाई बधाईको ओइरो आएको थीयो । देश -वीदेशमा गीत गाउने अवसर पाए । फिल्मको गीत गाउनुभन्दा अघि उनी मलेखुका होटल होटल डुलेर गीत गाउँदै हिँड्थे । गीत गाए वापत उनलाई केहीले पैसा दिन्थे । केहीले राम्रो गीत गाएको भनेर प्रशंसा पनि गर्थे ।