काठमाण्डौ । चार दिनअघि एल. बी प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक भएको ‘डिभोर्स’ गीतले यतिबेला चर्चा पाईरहेको छ। विक्रम चौहानको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियोमा डिभोर्सको पीडा झल्काउन खोजिएको छ । गीतको भिडियोमा विक्रम बुढाथोकी,शिल्पा पोखरेल र बाल कलाकार एलेक्स खड्का फिचर्ड छन्। अनमोल विक्रमको शब्द र ऋषि खड्काको संगीत रहेको यस गीतमा प्रमोद खरेल,अनु चौधरी र सुप्रिम मल्ल ठकुरीले आवाज भरेका छन्।
रियल लाइफ र रील लाइफ दुबैमा डिभोर्सको पिडा बोलेकी शिल्पाको अभिनय, भिडियो अभिनयका किंग विक्रम बुढाथोकीको भूमिकाले अझ यो गीतको कथा बलियो बनाएको छ। ‘डिभोर्स’ गीतले एक दम्पत्तिबीचको असमझदारी, झगडा र अन्ततः सम्बन्ध विच्छेदसम्म पुग्ने कथा बोकेको छ। एउटा राम्रो परिवार शंका,उपशंका र आरोपहरुका कारण कसरी बिथोलिन्छ र डिभोर्सको मोडमा पुग्छ भन्ने भावनात्मक कथा भिडियोमा देखाइएको छ।
केहि समयअघी वास्तविक रुपमै डिभोर्स गरेकी शिल्पा म्युजिक भिडियोमा पनि डिभोर्सकै कथामा देखिएकी छन्। यसकारण पनि यो गीतले थप चर्चा पाइरहेको छ। गीत रिलिज भएको ४ दिनमै मिलियन भ्युज र कमेन्टमा सकारात्मक प्रतिक्रिया पाईरहेको छ।







१६ असार २०८२, सोमबार १३:०९ 








