नवलपरासीमा नेवि संघले ‘छक्का पन्जा’ टिमका सबै चलचित्र चल्न नदिने

...

माघ, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।
chakka-panja cover poster

चलचित्र छक्का पन्जाको पाइरेसीमा मुछिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको संकास्पद मृत्युको र त्यसको निस्पक्ष छानबिनको माग गर्दै नेपाल बिद्यार्थी संघ नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आइतबार प्रेस बिज्ञप्ति जारि गर्दै संगठनले निस्पक्ष छानबिन गरि दोषीलाई कारवाही नभएसम्म छक्का पन्जा टिम घटनासंग जोडिएकाले त्यस टिमले उत्पादन गरेका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने बताएको छ ।

त्यति गर्दा पनि दोषी उपर कारवाही नभए थप आन्दोलनका कार्यक्रम ल्याउने नेपाल बिद्यार्थी संघले जनाएको छ ।
nsu nawalparasi

नोबेल कलेज सिनामंगलमा अध्यानरत कृष्ण सुबेदी गत पुस २८ गते आफ्नै कोठामा संकास्पद तरिकाले झुन्डिएको अवस्थामा भेटिनु र नोटमा आफुलाई पटक(पटक मार्ने धम्कि आउने उल्लेख भएकाले घटना गम्भीर भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो पहिचान गरि कारवाही गर्न जोडदार माग गर्दछु संघका जिल्ला अध्यक्ष राजेश पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

चलचित्र पाइरेसी गरेको उजुरी परेपछि केहि दिन अघि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा सुवेदीसहित चार जनासँग सामान्य सोधपुछ गरेको थियो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर छाडेको बताएका थिए ।