‘माग्ने बुढा’ प्रमुख पात्र रहेको ‘माग्ने राजा’ को टिजर सार्वजनिक

...

काठमाडौँ। चलचित्र  ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक उनको पहिलो मुख्य भूमिकाको फिल्म ‘माग्ने राजा’ को टिजरले उनको नयाँ यात्रा दमदार हुने सङ्केत दिएको छ। सार्वजनिक टिजर रमाइला  संवादले भरिएको छ । पोस्टरबाटै आफ्नो भिन्न लुक्सका कारण चर्चामा आएका केदारले टिजरमा पनि आफ्नो नयाँ अवतारमार्फत दर्शकमाझ उत्साह थपिदिएका छन्।

केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् ।

‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् । आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।  ‘माग्ने राजा’ आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको छ ।