प्रियंका चोपडाको नेपाली फिल्ममा खड्का जीकी कान्छी श्रीमती बनेकी मञ्जु छनोट

...

माघ, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली चलचित्रमा नेपाली नायिका छनोट भएकी छिन् । प्रियंकाले निर्माण गर्ने चलचित्र ‘पौवा’ को नेपाली भाषि अभिनेत्रीको लागी मन्जु क्षेत्री छनौट भएकी हुन् ।
manju chhetri in priyanka chopra's film - artist khabarपछिल्लो समय हलिउडमा व्यस्त अभिनेत्री चोपडाले केही साता अघिदेखि सुरु गरेको पर्पल पिबल प्रोडक्सन ब्यानरमा तयार हुन लागेको फिल्म ‘पौवा’को लागि नेपालीभाषी कलाकार र प्राविधिकहरु खोजी गरेकी थिइन् । सन् २०१३ देखि अभिनय यात्रा थालेकी र अहिलेसम्म विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी २७ वर्षीय मोडल मञ्जुले धुर्मुस सुन्तलीको हाँस्य सिरियल ‘मेरी बास्सै’मा समेत काम गरिसकेकी छिन् । ‘मेरी बास्सै मा खड्काजीकी कान्छी श्रीमतीको भूमिकामा देखिएकी उनले सिक्किमस्थित मनिपाल युनिर्भसिटीबाट एमबिए सिध्याएकी थिएन् ।

प्रियंकाको चलचित्रमा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । प्रियंका चोपडाको होम प्रोडक्शन पर्पल पेबलबाट छनौट भएको भन्दै फोन आउँदा आफूलाई निकै खुसी लागेको मञ्जुले जानकारी दिएकी छिन् । पर्पल पेबलमा अहिले प्रियंकाकी आमा मधु चोपडा प्रमुख छिन् ।
manju chhetri in priyanka chopra's film - artist khabarयस चलचित्रका लागी अझै पाँच जना कलाकारहरुको खोजी भइरहेको छ । सिनेमामा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकाको कथालाई समेटिने छ । चलचित्रको सुटिङ मार्चबाट सुरु हुँदैछ ।