पशुपति शर्माको गीतको प्रशंसा गर्दै बालेन शाह

...

काठमाडौँ। महानगरका मेयर बालेन शाहले पशुपति शर्माको गीतको प्रशंसा गरेका छन् । उनले शर्माको गीत जस्तै अन्य र्‍यापरहरूले पनि यस्तै गीतहरू ल्याए हुने भन्दै शुद्ध हिपहप भनेका छन् ।

उनले ‘झोले त तै, झोले त मै’ बोलको गीतको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘म चाहन्छु र्‍यापरहरूले यस्ता गीत बनाउन्, शुद्ध हिपहप ।’ नेपाली राजनीतिमा झोले बहस चलिरहेको समयमा शर्माले झोले शब्द र त्यसको वर्तमान परिवेशको भाव बुझाउने गरी गीत निकालेका छन्। जुन लोकप्रिय बनेको छ।

यसै परिवेशमा रहेर मेयर बालेनले उक्त गीतको प्रशंसा गर्दै एक पोष्ट गरेका हुन्।