काठमाडौँ। अभिनेता रमेश उप्रेतीले पछिल्लो समय बहसको विषय बनेको कलकारहरुको पारिश्रमिकको विषयमा बोलेका छन्। उनि भन्छन्, ‘म २५ वर्षदेखि यो ईण्डस्ट्रिमा आवद्द छु यसकारण भन्न सक्छु कि अधिकतम १० देखि १५ लाख भन्दा बढी डिजर्भ गर्ने हिरो कोईपनि छैन। यस्तै नायिकाहरु पनि ५ देखि १० लाख डिजर्भ गर्ने छन्।’
उनि थप सुनाउछन्, ‘म त भन्छु यो भन्दा अहिले सुनिरहेको ५० लाख ६० लाख पारिश्रमिक लिदा त पाप लाग्छ । हाम्रा निर्माताहरुलाई डुबाउनु हुदैँन। यो यति लिए, उति लिए भन्दै धेरै पारिश्रमिक लिने कुरा मलाई मन नै परेको छैन।’







१९ असार २०८२, बिहीबार १२:२९ 








