काठमाडौँ। अभिनेता बुद्धि तामाङलाई केहिवर्ष अघिसम्म विवाह कैले भन्ने प्रश्नले हैरान पर्थ्यो। अन्तत उनले ३ वर्षअघि मकवानपुरकी अनु थिङ्गसंग विवाह गरे। उमेरले ४० कटिसकेका बुद्धिले आफूभन्दा १० वर्ष कान्छी अनुसंग विवाह गरे। अहिले उनीहरुका एक छोरा पनि छन्।
अहिले बुद्धि ४२ पुगिसकेका छन्। विवाह भएको पनि ३ वर्ष कटिसकेको छ। र यति धेरै उमेर अन्तर हुदा सम्बन्ध टिकाउन के गर्नुपर्ने रैछ भन्ने प्रश्नमा उनि भन्छन्, सम्बन्ध टिकाउन सबैभन्दा ठुलो समझदारी हुनुपर्छ। र अर्को कुरा भनेको म श्रीमतीकै उमेरमा ढल्किन खोज्छु। यसकारण विवाद हुने अवस्था मतभेद हुने अवस्था सिर्जना नै हुदैन।







२० असार २०८२, शुक्रबार १०:११ 








