काठमाडौँ। मोडल आभा थापाले आफ्नो उदाउदो करियरलाई थाती राख्दै विदेश पलायन भएकी छन्। उनि हिजो साझ युके उडेकी छन्। टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा काम गर्न सुरु गरेकी आभाले धेरै म्युजिक भिडियो तथा बिज्ञापनमा समेत काम गरिसकेकी छन्।
पछिल्लो समय उनि टेलिसिरियलमा काम गर्दै थिइन्। उनि एक कन्टेन्ट क्रिएटर पनि हुन्। आभा पछिल्लो समय निकै व्यस्त कलाकार थिइन्। कलाकारितामा उनको भविश्य राम्रै बनिरहेको थियो। तर बाध्यता र सपनाहरुले गर्दा उनि देश छाड्न बाध्य भईन्। मास्टर्स डिग्री अध्यनका लागि आभा युके उडेकी हुन्।







२३ असार २०८२, सोमबार १२:१५ 








