‘जदौ’ मा भित्रिइन् नीति

...

काठमाडौँ । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेत्री नीति शाह भित्रिएकी छन् । निर्माण पक्ष र उनको कागजी सम्झौता समेत भईसकेको छ । फिल्ममा उनी अभिनेता मुकुन भुसालको जोडी बन्ने छिन् । मुकुन फिल्मका लागि केही अगाडि भित्रिएका हुन् ।

काजी लिम्बूको लेखन रहेको फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्न लागेको हो । रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्रीको सह निर्माताको रूपमा रहेको फिल्मको छायाङ्कन भदौ पहिलो साताबाट सुरु हुनेछ ।

बाबुल गिरीको सङ्गीत रहने फिल्म दाङ तथा प्युठानका विभिन्न स्थानमा छायांकन गरिनेछ।