सामाजिक सञ्जालमा उषा रजकको रुवाबासी

...

काठमाडौं । अभिनेत्री उषा रजकले सामाजिक सञ्जाल टिकटकमा  रुदै भिडिओ  बनाएर  पोस्ट गरेकी छन् । दुई वर्षअघि आत्महत्या गरेर बितेका अभिनेता सारुक ताम्राकारलाई सम्झँदै रजक धरधरी रोएकी हुन् । उनले भिडिओमा भनेकी छन्, ‘म आफैँलाई मरुँमरुँ लागिरहेको छ । आज सारुकको डेथ एनिभर्सरी रहेछ । के गर्ने, उसको बैकुण्ठ बास भइसक्यो होला । तर पनि।’

अभिनेता सारुक ताम्राकार दुई वर्षअघि घरमै मृत फेला परेका थिए । पछि उसले आत्महत्या गरेको पुष्टि भएको थियो । उसको मृत्युलाई लिएर अनेक तरहका कुरा उठेका थिए ।  यद्यपि, त्यो कुरा अहिले सेलाइसकेको छ । उषाले सारुकको मृत्युप्रति पनि शंका प्रकट गरेकी छन् । रिलेसनमा रहेको पार्टनरले धेरै नै कन्ट्रोल गरेकाले, साथीभाइ र घरपरिवारबाट टाढा लगेकाले सारुकले आत्महत्या गरेको उषाको भनाइ छ । आफ्नो पार्टनरलाई आफू अनुकूल मेनुपुलेट गर्न खोज्दा उसलाई धेरै नै पीडा हुने उनले बताएकी छन् ।

भावविह्वल हुँदै उषाले थप भनेकी छन्, ‘ऊ साथीमात्रै हुँदा यत्तिको पीडा हुने रहेछ हामीलाई । उसकी आमालाई कस्तो पीडा भयो होला । उसको बुवा पनि बितेर जानुभयो । मैले कही हेल्प गर्न सकेन, गिल्टी फिल हुन्छ ।’उषाले आफु पनि डिप्रेसनको शिकार भएको बताएकी छन्।