काठमाडौँ। अभिनेत्री नीता ढुंगानाले ‘सुख-दु:ख’ चलचित्र निर्माण गर्दैछिन्। यस चलचित्रका लागि उनले भारतका प्रख्यात छायाँकार कबीरलाल र उनका छोरा शाहीद लाल ल्याएकी छन्।
यी बाबु-छोरासँग आइतबार चलचित्रकी निर्मात्री नीता ढुंगानाले कागजी सम्झौता गरिसकेकी छन्। ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म २०८३ सालको दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको छ । हालसम्म फिल्मका कलाकारको बारेमा भने टुंगो लागिसकेको छैन।







२३ असार २०८२, सोमबार १६:१९ 








