छविराज ओझाले गरे फिल्म नबनाउने घोषणा

...

काठमाडौँ। निर्माता छविराज ओझाले  फिल्म नबनाउने घोषणा गरेका छन्। उनले हाल कलकारहरुले लिएको महँगो पारिश्रमिकको सन्दर्भमा भनेका छन् , ‘अब त मलाई फिल्म बनाउने आट नै छैन। पछिल्लो समय कलकारहरुले पारिश्रमिक यसरी बढाईरहनुभएको छ कि अब मैले त त्यति धेरै रकम दिएर फिल्म नै बनाउन सक्दिन होला जस्तो भान भईरहेको छ।’

उनि थप सुनाउछन्,  ‘मेरो समयमा हिरो हिरोईनलाई धेरैमा १ लाख २ लाख दिने गरिन्थ्यो। कलकारहरुले पनि खुशी भएर काम गर्नुहुन्थ्यो। मलाई त अहिले २० लाख २५ लाख दिन पनि हात काम्छ ५० -६० लाख दिएर त म फिल्म बनाउन सक्दिन । म मात्रै होइन यस्तै हो भने अब धेरै निर्माताहरुले फिल्म बनाउन छाड्नुपर्ने अवस्था सिर्जना हुन्छ। मैले अब नयाँ फिल्म बनाउछु भन्दा निकै गाह्रो भैरहेको छ।’

उनि कलाकारहरुलाई सुझाव दिदै भन्छन् निर्माताहरुको विषयमा पनि सोच्नुहोस्। बरु सेयरमा काम गर्नुहोस सबैलाई राहत मिल्छ। नेपाली सिने उधोगमा ५० लाख ६० लाख पारिश्रमिक लिने क्षमता भएको कलकार कोहि पनि नभएको उनको भनाई छ।