काठमाडौँ। गायक तथा संगीकार थानेश्वर गौतम गीत गाउने क्रममा स्टेजमै ढलेका छन्। बुढानीलकण्ठको एक ब्यांक्वेटमा ‘आधा आधी सपनाहरू भइदिएन पुरा’ बोलको गीत गाएर सट दिँदै गर्दा उनी बेहोस भएका थिए । फिल्म ‘जनै हराएको मान्छे’ को एक गीतमा सट दिँदै गर्दा उनी ढलेका हुन् ।
केही समयपछि उनि होसमा आए र फेरि छायाङ्कन थालिएको थियो। शरीरमा पानीको मात्रा कमि र प्रेसर लो भएका कारण उनि ढलेको बुझिएको छ। फिल्म ‘जनै हराएको मान्छे’ हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ ।







२५ असार २०८२, बुधबार १९:०४ 








