रवि लामिछानेको पक्षमा अभिनेत्री मनिषाको हस्ताक्षर (केके भनिन् ?)

...

काठमाडौं । नेपाली चेली नेपाली तथा बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गर्दै रबि माथी राज्यले अन्याय गरेको बताएकी छिन् । आज रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा रास्वपा कार्यलयमै पुगेर उनले हस्ताक्षर गरिन् ।

हस्ताक्षर गरेसँगै सन्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएकी थिइन् । उनको भनाई यस्तो छः

‘म कुनै पनि पोलिटिकल पार्टीसँग आबद्ध छैन । एउटा आम नागरिकको नाताले जुन राज्यबाट अन्याय भइरहेको छ त्यसको बिरुद्धमा आवाज उठाउन आएको हो ।’
प्रत्रकारको प्रश्नः भनेपछि रबि जीलाई अन्याय भएको छ भन्ने तपाईको ठ्याम्याई हो ?
‘डेफिनेट्ली, जसले पनि न्युज हेरिरहेको छ, जसले पनि बुझेको छ ।’
(पत्रकारले अर्को पत्र गर्न खोज्छन् उनी त्यहाँबाट निस्किन्छिन् ।)