कपिल शर्माको क्याफेमा गोली प्रहार

...

काठमाडौँ। भारतीय कमिडियन कपिल शर्माको क्याफेमा गोली चलाइएको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार यस घटनामा कुनै व्यक्ति घाइते भएका छैनन्, तर क्याफेलाई केही भौतिक क्षति पुगेको छ। क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा रहेको हास्य कलाकार कपिल शर्माको क्याफेमा बुधबार राति आक्रमण भएको थियो।

मिडिया रिपोर्टका अनुसार आक्रमणकारीहरूले क्याफेमा ९ राउन्ड गोली चलाएका थिए। आक्रमणकारीले गोलाबारी गरेको भिडियो पनि बनाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसमा क्याफे बाहिर कारमा बसेको एक व्यक्ति कार भित्रबाट निरन्तर गोलाबारी गरिरहेको देखिन्छ।

कमेडी शोको क्रममा निहंग सिखहरू विरुद्ध गरिएको टिप्पणीलाई लिएर कपिल शर्माको क्याफेमा हरजीत सिंह लाडीले गोलाबारी गरेको बताइएको छ।कपिल शर्मालाई भिडियो मार्फत सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएका छन् ।