आजबाट हलमा ‘यो मन त मेरो नेपाली हो’

...

काठमाडौँ । आज शुक्रबारबाट नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । फिल्मले देशभर एकल प्रदर्शनको अवसर समेत पाएको छ । फिल्म मित्र प्रधान (नर) ले निर्देशन गरेका हुन् । नेपाली भाषालाई संरक्षण गर्नुपर्ने विषयमा निर्माण भएको फिल्ममा निर्देशक प्रधानकै कथा रहेको छ । फिल्मको बुधबार प्रिमिएर भएको थियो । प्रिमियरमा फिल्मले नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित रहेको भन्दै तारिफ पाएको थियो ।

फिल्मका निर्देशक प्रधान पनि यो फिल्मले विश्वभर रहेका सबै नेपालीलाई जोड्ने भावनात्मक सन्देश बोकेको बताउँदै फिल्मले उठाएको विषयले दर्शकको मन छोएको तथा यस्ता कामले नेपाली भाषा, कला तथा देशको सम्मान हुने बताएका छन् ।

फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय छ ।