‘माया नमार २’ को तयारीमा रमित ढुङ्गाना

...

काठमाडौँ । अभिनेता रमित ढुङ्गानाले पछिल्लो समय ‘नमेटिने घाउ’ फिल्म बनाए । उक्त फिल्म सुपर फ्लप भयो । उनी आफैले भनेका छन्, उक्त फिल्मबाट उनले साढे दुई करोड डुबाएका छन् । अब उनी अर्को फिल्म निर्माणको तयारीमा जुटेका छन् । उनले आफ्नो पहिलो सुपर हिट फिल्म ‘माया नमार’को दोस्रो सिक्वेलको रूपमा ‘माया नमार २’ बनाउने तयारीमा जुटेका छन् ।

आज (शनिवार) अहिले प्रदर्शनरत यो मन त मेरो नेपाली हो फिल्म हेरेर हल बाहिर सञ्चार कर्मीलाई प्रतिक्रिया दिने क्रममा आफ्नो नयाँ फिल्मको बारेमा जानकारी दिएका हुन् । उनले ‘माया मारेर’ फिल्मकै कलाकार हुने अथवा अन्य कलाकार हुने भन्ने विषयमा विस्तृत जानकारी भने दिएका छैनन् ।

रमितले भनेका छन्, ‘अहिले हामी स्क्रिप्टको काममा बसिरहेका छौँ । फिल्ममा कोको हुन् भन्ने बारे अझै टुङ्गो लागेको छैन ।’ रमितले ‘माया नमार’ फिल्मबाट नै पहिलो पटक बि.स. २०६१ सालमा फिल्म नगरीमा प्रवेश गरेका थिए ।