नराम्रो कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्दै गरीमा शर्मा

...

काठमाडौँ। समीक्षा अधिकारी र एलीना चौहानको बाटो पछ्याउँदै नायिका गरीमा शर्माले पनि नराम्रो कमेन्ट गर्नेहरूलाई सार्वजनिक गरेकी छन् । उनले आफुलाई नराम्रो कमेन्ट गर्नेको प्रोफाईल फेसबुकमा सेयर गर्दै लेखेकी छन् समीक्षा र एलीना दी को कामलाई साथ दिँदै दुुई-चार जनालाई म पनि निकाल्दै छु ।

गायिका एलीना चौहानले केही दीन अघि आफुसलाई अश्लील गाली गर्नेहरूलाई साइबर ब्युरोमा पुगेर उजुरी नै दिएकी थिइन् । कती जनालाई त प्रहरीले पक्राउ नै गरी सकेको छ । यसकारण अन्य कलकारहरूले पनि एलीनाको आडमा यस्ता कमेन्ट गर्नेहरूलाई सार्वजनिक गरीरहेका छन् ।