‘मिस एन्ड मिसेस् तीज २०२५’ को आवेदन खुला

...

काठमाडौं । ‘मिस एन्ड मिसेस् तीज २०२५’ को आवेदन खुला गरिएको छ । स्नो सञ्चार प्रोडक्सनको आयोजनामा हुने ‘तीज स्पेसल ब्युटी पेजेन्ट’मा प्रतिस्पर्धा गर्न चाहनेका लागि साउन ९ अन्तिम दिन तोकिएको छ ।

आवेदन दिन चाहनेका लागि तौल र उचाइको सीमा तोकिएको छैन भने १८ देखि ५० वर्ष उमेर समूहका अविवाहित, विवाहित र एकल (सम्बन्ध बिच्छेद)ले आवेदन लिन सक्ने स्नो सञ्चारका सिइओ सम्भव राउत क्षेत्रीले जानकारी दिए । साउन १० देखि कोरियाग्राफी तालिम सुरु गर्ने तयारी गरिएको छ भने हरितालिका तीज अगावै फिनालेको तयारी गरिएको छ ।

रजिष्टेशनका लागि ९८४२११२०५० मा फोन अथवा [email protected] मा मेल गर्न सकिनेछ