एकै दीनमा ७ वटा गीत रेकर्ड गराउँछिन् समीक्षा

...

काठमाडौँ। एक समय करियर बाटै हात धुने अवस्थामा पुगेकी समीक्षा भन्छिन् अहिले राम्रो भइरहेको छ अहिले धेरै खुसी छु । उनी अहिले टप लिस्टमा पर्ने गायिका मध्य पर्छिन् । गीत रेकर्ड गराउन स्टेज प्रोग्राम मेला -महोत्सवमा भ्याई नभ्याई छ । उनले एकै दीनमा ७ ८ वटा सम्म रेकर्ड गराएकी छन् । उनी अहिले सुनाउँछिन् ‘पहिला थाहा नहुँदा एकै दीनमा धेरै गीत रेकर्ड गराए । तर पछि घाटीमा समस्या हुने रहेछ भन्ने बुझेपछि अहिले दीनमा ४ वटा सम्म रेकर्ड गराउँछु ।’

एक समय सबैको घृणाको पात्र बनेकी समीक्षा अहिले सबैको  प्रिय छिन् ।  कलिलै उमेरमा गायन क्षेत्रमा जमेकी गायिका हुन् समीक्षा अधिकारी । उमेरले सानै भएपनी उनमा गायन क्षेत्रका चर्चित अनि ठुला हस्तिलाई समेत टक्कर दिने आवाज अनि कला छ । स्कुल पढ्दै गर्दा नै उनले  ‘स्टार’को छवि बनाइसकेकी थिइन् ।

समीक्षाको करिअरले लोभलाग्दो रूपमा उचाइ लिइरहेको थियो । मस्ट डिमान्डेड गायिकामा पर्थिन् उनी । हरेक दिन गीत रेकर्डिङदेखि स्टेज शो सम्ममा भ्याइन भ्याइ हुन्थ्यो ।  तर, निजी जीवनसँग जोडिएको एउटा स्क्यान्डलले गर्दा समीक्षाको करिअरमा ठुलो धक्का लाग्यो । उनी नराम्रोसँग बिथोलिइन् । एकपटक त उनले अब बाँच्नै नसक्ने अवस्थामा पुगेको स्ट्याटससमेत लेख्ने गर्थिन् । तर उनले फेरी उठ्ने साहस गरिन् र पुन आफ्नो करियर उचाइमा पुर्‍याउन सफल भएकी छन् ।