रहेनन् अभिनेता धीरज कुमार

...

काठमाडौँ। निर्माता तथा निर्देशक अभिनेता धीरज कुमारको ८० वर्षको उमेरमा निधन भएको छ । निमोनियाका कारण अस्पताल भर्ना गरिएका उनलाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखिएको थियो ।

‘उधार का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातोँ का राजा’, ‘हीरा पन्ना’, ‘क्रान्ति’, ‘माँग भरो सजना’, ‘पुराना मन्दिर’, ‘ ‘बहुरूपिया’ जस्ता चर्चित हिन्दी फिल्महरूमा उनले अभिनय गरेका थिए । हिन्दी फिल्महरूमा प्रवेश गर्नुअघि उनले २० भन्दा बढी पञ्जाबी फिल्महरूमा पनि अभिनय गरेका थिए ।