सिसनको गीतमा शृङ्खलाको प्रतिक्रिया- गीत क्याची रहेछ

...

काठमाडौँ। सिसन बानियाँको ‘जाने भए जाम माया’ गीत ट्रेन्डिङमा परेपछि शृङ्खला खतिवडा भन्छिन्, ‘गीत क्याची रहेछ राम्रो पनी छ । यो गीतले अरू पनि रेकर्ड तोडोस् शुभकामना ।’ सिसन र दुर्गेश थापाको गीत ग्लोबल ट्रेन्डिङमा परीसकेको छ ।  एक समय भ्लगर सिसन बानियाँ र उनको सम्बन्धको चर्चा निकै थियो । प्रेम सम्बन्धका कुरा देखी विवाह हुने कुरासम्म पनि आए तर शृङ्खलाले सम्भव सीरोहीयासँग विवाह गरेपछि ती सबै चर्चा चर्चामै मात्र सीमित रहे । सम्भव कान्तिपुर ग्रुपका मालिक हुन् ।

शृङ्खला  मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरू विदेश भ्रमणमा प्रायः सँगै देखिने गरेका थिए  । उनको इन्ट्रोडक्सन भिडियो बनाउनेदेखि लिएर ‘ब्युटी विद् पर्पोस’को भिडियो बनाउनसम्म पनि सिसनको ठुलो सहयोग थियो। टर्की भ्रमणमा यी दुवैको तस्बिर सार्वजनिक भएदेखिनैे शृङ्खला र सिसन प्रेममा रहेको शङ्का गरिएको थियो ।

मिस नेपालको विजेता भएसँगै निरन्तर चर्चामा रहेकी शृङ्खलाको विश्वभरका नेपालीहरूले उनको सुन्दरता र बौद्धिकताको प्रशंसा गर्छन्। उनले विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा गएर स्नातकोत्तर अध्ययन गरेकी हुन् । यता शृङ्खलाले विवाह गरेपछि सिसनले अब विगतका कुरा गरेर  शृङ्खलालाई ट्रोल नगर्न आग्रह पनि गरेका थिए ।