काठमाडौँ। अहिले सामाजिक अभियन्ता बनेकी आशीका तामाङ हलिउडकी हिरोइन बन्न जर्मन पसेकी थिइन्। उनले नेपालमा फिल्म पनि बनाइन् तर उक्त फिल्म फ्लप भएपछि फ्रस्टेसनमा पुगीन् । नेपालमा नभएपनी हलिउडमा प्रवेश गर्छु, ग्ल्यामर दुनीयामा हिरोइन बन्छु भनेर उनी जर्मन गएकी थिइन् ।तर सोचेजस्तो भएन । उनको हिरोइन बन्ने सपना सपना मात्रै बन्यो। अहिले छोराछोरीलाई नेपाली भाषा सिकाउनकै लागी नेपाल फर्किएकी छिन् आशीका ।

धेरै युवा विदेश पलायन भइरहेको समयमा उनी भन्छन्, ‘मैले जर्मनी छाडेर आउनुको एउटा मात्रै कारण हो छोराछोरीलाई नेपाली भाषा सिकाउन ।’ उनी अभीयान्ता बन्छु भनेर नेपाल आएकी थिइनन् । तर आफु जहाँ -जहाँ पुग्यो त्यही उनले बेथिति देखेपछि भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न थालिन् । उनी भन्छिन्, मैले राखेको भिडियो मिलियन- मिलियन भ्युज आएपछि यस्तो बीकृती,बेथिति सबैले भोग्नुभएको रहेछ मेरो मात्रै समस्या होईन रहेछ भन्ने लागेर यस्तो अभियान चलाएको उनी बताउँछिन् ।

उनले आर्यन सिग्देलसँग फिल्म पनि खेलेकी थिइन् । उनको सानै देखी फिल्मको नायिका बन्ने नै सपना थियो । तर फील्म नगरी आफुले सोचेजस्तो सहज नपाएपछि उनी बिदेसिएकी थिइन् । अहिले उनी दुई छोराछोरीसहित नेपाल फर्किएकी छन् र ३ बर्सपछि श्रीमान् पनि नेपालमै आउने उनी बताउँछिन् । जर्मनीको सुखी जीवन छाडेर उनी आफ्नो राष्ट्र र राष्ट्रियता सम्झेर नेपाल आएको बताउँछिन् ।








३२ असार २०८२, बुधबार १०:२९ 








