काठमाडौँ। ललित राजवंशीसँगको सम्बन्धको विषयमा विषयमा बोलिन् रचना रिमाल भन्छिन्, ‘हामी बिच त्यस्तो केही छैन । हामी एकै जिल्लाको भएका कारण पनि नजिक छौ । म खेल प्रेमी भएको कारण खेलाडीहरूसँग नजिक छु । टिकटक बनाउने फोटो खिच्ने गरीरहन्छु यती मात्रै हो ।’
उनी थप सुनाउँछिन् उहाँसँग नाम जोडेर फोटोहरू बनाएर ट्रोल बनाउने मीम बनाउने गर्नुहुन्छ । तर वास्तवमा यी सबै हल्ला मात्रै हुन् । बाहिर बजारमा आएका यस्ता हल्लाहरूले मलाई फरक पार्दैन । अब विवाहको योजना के छ ? भन्ने विषयमा उनी भन्छिन्, ‘अहिले त मैले बहेको विषयमा सोचेकोसम्म पनि छैन । समय आयपछि सबै कुरा होला ।’ रचनाले साथीका रुपमा ललित राम्रो लागे पनि प्रेम रहने सम्भावना नरहेको बताइन् । उ रचना भन्छिन्, ‘दर्शकले मन पराउनु राम्रो कुरा हो नि ! तर, उहाँहरुले लेखेको कुरा रियल चाहिँ होइन ।’
खेल र खेलाडीलाई अत्यधिक माया गर्ने गायिकाको रुपमा चिनिन्छिन् रचना । उनी विशेषगरी नेपालको फुटबल र क्रिकेट म्याच हुँदा टीमलाई समर्थन गर्न सकेसम्म मैदानमै पुग्ने गर्छिन् । यसले उनलाई खेलप्रेमीहरुबीच निकै लोकप्रिय बनाइरहेको छ ।







२ श्रावण २०८२, शुक्रबार १०:२५ 








