मेरो मौनतालाई कमजोरी नठान्नुस – विष्णु सापकोटा

...

काठमाडौँ।  अनन्त गायिका एलीना चौहानका पूर्वपति वीष्णु सापकोटा बोलेका छन् ।  भन्छन् म पनी कानुनी बाटोमा जादैछु । विष्णु सापकोटाले आफूमाथि सामाजिक सञ्जालमा भ्रामक प्रचार भएको भन्दै अस्ट्रेलिया र नेपाल दुवै ठाउँबाट कानुनी परामर्श लिइरहेको बताएका छन्। एलीना चौहानका पुर्वपती वीष्णु सापकोटाले प्रतिक्रिया दिएका छन् ।

उनले लामो स्ट्याटस लेख्दै भनेका छन्, ‘नेपाल र अस्ट्रेलिया दुबै ठाउँमा स्थानमा कानुनी परामर्श लीदैछु । अहिले मेरो विषयमा भईरहेका भ्रामक समचारहरुले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याईरहेको छ । मैले बोल्ने ठाउँ नपाएर नबोलेको होइन । सम्बन्ध विच्छेद भइसकेपछि हामीबिच व्यक्तिगत कुराहरु बाहिर नल्याउने सहमति भएको थियो र यहीकारण म मौन बसेको थीए । तर पछीललो समय लगातार मेरो चरीत्र हत्या गर्ने काम भएपछि म मानसिक पीडाबाट गुज्रीरहेको छु । र अब भने म पनि कानुनी बाटोमा लागीसकेको छु ।’

आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको उनले जनाएका छन् ।

bishnu