काठमाडौँ। लक्ष्मी बर्देवाले ७० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । चार दर्जन म्युजिक भिडियो निर्देशन समेत गरेकी छन् । उनीसँग एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरेको अनुभव छ । सोही सङ्ख्यामा उनको अभिनय रहेका फिल्म प्रदर्शनमा आएका छन् । अहिले उनी एक स्थापित कलकार बनी सकेकी छन् तर यो स्थानमा आईपुग्न उनले धेरै सङ्घर्ष गरेकी छन् ।
उनी सुरुवाती दीनमा ‘ब्याकग्राउन्ड डान्सर’ बनेर काम गर्थिन् । ब्याकग्राउन्ड डान्सर बनेपछि उनीमा फिल्म क्षेत्र प्रति मोह बढ्दै गयो । लक्ष्मी मण्डला नाटक घरको तेस्रो ब्याचकी स्टुडेण्ट हुन् । मण्डलामा अभिनय सिकेपछि भने पछाडि फर्केर हेर्नु नपरेको उनी बताउँछिन् । रेडियो नाटकमा काम गर्ने अवसर पाएपछि आर्थिक पाटो सहज बन्दै गएकाले अभिनयमा एकाग्र भएर लागिन् उनी ।
उनको अर्गानीक अभिनयको तारिफ पनि हुने गर्छ । मण्डलाबाट पढाइ सकेपछि नाटकमा व्यस्तता बढ्दै गयो । करिब ४ वर्ष रङ्गमञ्चमा व्यस्त रहेपछि सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र ‘घामपानी’ मा प्रस्ताव आयो । र उनी पुर्ण रूपमा यही क्षेत्रमा लागिरहिन् । फिल्ममा व्यस्तता बढेसँगै म्युजिक भिडियो अभिनय र निर्देशनमा पनि हात हालिन् ।







४ श्रावण २०८२, आईतवार ०९:५५ 








