सबैको नजरमा परेकी जुनु प्रसाईँ

...

काठमाडौँ।  यती बेला ‘मेरो भ्वाइस युनिभर्स’मा एउटा आवाज निकै प्रिय बनीरहेको छ । जुनुले तिम्रा पाउहरूमा म सधैँ झुकीरहन्छु.. गीत गाएपछि झन् उनको चर्चा थप चुलीदै गएको छ । पहिल्यैदेखि सङ्गीतमा होमिएकी उनले चर्चित गायिका बन्ने सपना थियो । थुप्रै स्टेज प्रोग्रामहरू पनि गरिन् । तर गीतसङ्गीतमा भविष्य नदेखेपछि उनी रोजगारीको खोजीमा कतार पुगेकी थिइन् ।

कतारमै केहि वर्ष कमाई गरेर नेपालमा घर बनाउने सपना थियो उनको । तर ‘मेरो भ्वाइस युनिभर्स’ले कतारमै अडिसन लीने भएपछी उनले भाग लिइन् र सेलेक्ट भएपछि उनी नेपाल फर्किएकी छन् । उनले आवाज भरेको (एउटा सपना छ तिमिलाई माया गर्ने ..) निकै बहुचर्चित गीत हो । उनलाई रियालिटी सो मा भाग लीने रहर थिएन । परिवारकै करले उनले अडिसन दिइन् । उनी अहिले भन्छिन्,  ‘मलाई सेलेक्ट हुन्छु भन्ने अपेक्षा पनि थिएन तर यो स्थान सम्म आईपुग्छु भन्ने अलिकति पनि लागेको थिएन ।’ अब जुनुले मेरो भ्वईस जित्लिन् नजित्लिन् त्यो समयले बताउला तर यतीले उनले सबैको मन जितिसकेकी छन् ।

ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी जुनु  स्कुले जीवनदेखी नै सङ्गीतमा रुचि राख्थिन् गाउने गर्थिन् । विश्वभर छरिएका नेपाली प्रतिभाहरूलाई एउटै मञ्चमा उभ्याउने उद्देश्यले नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘मेरो भ्वाइस युनिभर्स’ इन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशनद्वारा आयोजना गरिएको हो । अडिसन चरण विश्वका १३ देशमा सम्पन्न भएको यो प्रतियोगितामा २३ देशका नेपाली मूलका गायक–गायिकाहरूको सहभागिता छ । कतार अडिसनमार्फत छनोट हुँदै गायिका जुनु  प्रसाईँ अहिले फाइनल राउन्डको यात्रा तय गरिरहेकी छिन् ।