मृत्युको मुखबाट बाचेकी पल्पसा डङ्गोल

...

काठमाडौँ। मृत्युको मुखबाट बाचेकी पल्पसा डङ्गोल (चम्सुरी) भन्छिन्, ‘म बिरामी हुँदा दुईदीन बढी बाच्न पाए हुन्थ्यो जस्तो लागेको थियो ।’ अहिले उनी आफ्नै भाईको एक किड्नी आफ्नो शरीरमा प्रत्यारोपण गरेर दोस्रो जीवन बाचीरहेकी छन् । उनका आयु नै तोकिएको थियो । १०- १२ मात्रै बाच्नहुन्छ भनेर उनलाई समय नै तोकिएको थियो । नौ वर्षअघि पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो ।

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत दर्शकको नजरमा परेकी उनी आजसम्म लोकप्रिय र सक्रिय छिन् । उनका दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी मत्युको  मुखमा पुगेकी थिइन् । तर किड्नी प्रत्यारोपण गरेर अहिले उनी पहिला सरह नै सकुसल छिन्  र आफ्नो कर्ममा निरन्तर सक्रिय रूपमा लागीरहेकी छन् ।

टेलिसिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपश्चात् उनी पर्दाकै नामले परिचित बनिन्। ‘मेरी बास्सै’ बाहेक उनले थुप्रै टेलिसिरियल, चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। पल्पसा धेरै वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरूसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरूको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् ।अहिले उनका छोरीहरू कमाउन सक्ने भइसकेका छैनन् ।