दुर्गेश थापाको कुरा गर्दा रिसाए पल

...

काठमाडौँ।  दुर्गेश थापाको कुरा गर्दा  पल शाह रिसाएका छन् र भन्छन्,  ‘यस्ता कुराहरु अहिले नगरौँ । भोलीको कुरा आज नगरौँ भोली नै गरौला ।’ उनी आगामी चलचित्र  ‘मोहर’को प्रमोसन गर्न एक कमेडी सो मा पुगेका थिए  र उक्त कमेडी सो मा उनको र दुर्गेशको सम्बन्धमा थुपै रोस्ट गरियो । अन्त्यमा  र दुर्गेश र पल मीलेको पनि देखाइएको तियो । यसै सन्दर्भमा उनलाई दुर्गेश र तपाईको वास्तविक मीलन कहिले हुन्छ भनेर प्रश्न गर्दा उनी रिसाएका छन् ।

उनले रिसाउँदै भनेका छन्, ‘अहिले हामी फिल्मको कुरा गर्न आएका हौ र फिल्मको मात्रै कुरा गरौँ । अरू कुरा नगरौँ ‘ भन्दै जवाफ फर्काएका छन् । समग्रमा उनी दुर्गेश थापाको विषयमा बोल्न नै चाहँदैनन् । सबैलाई थाहै छ  पल शाह एक घटनामा मुछीएपछी यी दुईको सम्बन्ध बिग्रिएको थियो। ।

साथै पलले २ करोड माथिको लगानी लगाएर फिल्म निर्माण गर्दैछन् । उनले ‘यानीमाया’ चलचित्र बनाउँदैछन् । यसका लागी उनले विदेशी क्यामरामेन हायर गर्दैछन् । अन्य थुप्रै महँगा – महँगा पारिश्रमिक लीने कलकारहरूलाई उनी आफ्नो फिल्मको लागी छनौट गर्दै छन् ।  लगभग २ करोड माथि नै लगानी लाग्ने उनले अनुमान गरेका छन् । पछिल्लो समय म्युजीक भिडियोमा निकै जमीरहेका कलकार हुन् पल । उनले काम गरेका म्युजीक भिडियो प्राय सबै हिट नै हुन्छन् ।