काठमाडौँ। फिल्म ‘माग्ने राजा’ को नयाँ गीत ‘सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको छ। गीत रमाइलो शैलीको बनेको छ। गीतमा बाबुल गिरीले आवाज दिएका छन्। शब्द तथा संगीत पनि उनकै रहेको गीतमा बाबुलका साथमा रोनिश खड्काको बाल गायन समेत सुन्न सकिन्छ। फिल्मका मुख्य कलाकार केदार घिमिरेलाई केन्द्रमा राखेर तयार भिडिओलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका छन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कंडेल, पवित्रा साँकी (मिस पबी)लगायत कलाकारहरूको अभिनय छ। सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डिओपी, मित्र डि. गुरूङको सम्पादन छ।
फिल्म ‘माग्ने राजा’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।







६ श्रावण २०८२, मंगलवार १०:२४ 








