काठमाडौँ। नायिका पूजा लामा भन्छिन्, ‘मैले यतीका वर्ष कुईरेको जिन्दगी बिताउन बाध्य भए तर अब नेपाल छाड्दिन ।’ वर्षैपछि नेपाल फर्काएकी पूजाले अब गुमनाम जीवनबाट उन्मुक्ती पाएकी छन् । उनी सुनाउँछीन्, ‘मलाई सबैले हेट गर्नुहुन्छ भन्ने लाग्थ्यो बाहिर सार्वजनिक रूपमा हीड्न- बोल्न डर लाग्थ्यो तर त्यस्तो होईनरैछ । अब दर्शकको मायाले अझै अघि बढ्नेछु ।’
उनले अहिले नयाँ गीत निकाल्ने तयारी गरीरहेकी छन् र अफर आएको खण्डमा फिल्ममा पनि काम गर्ने तयारीमा छिन् । केही समय अघिसम्म अरूले देख्लान्-चिन्लान् भनेर अनुहार लुकाएर कपाल विदेशीको जस्तो खैरै बनाएर हीड्ने पूजाले अहिले लुक्स परिवर्तन गरेर कपाल कालो बनाएकी छन् ।
पूजा लामा एक चर्चित मोडल र गायिका हुन् । उनका छोरा र पुर्वश्रीमान् अहिले पनि विदेशमै छन् । उनका छोरा बुवाको बिजनेस सम्हालेर बसेका छन् । यता पुजा भने ४० को उमेर कटेपछि पुन कलकारितामा कमब्याक गर्दैछीन् । उनि सुनाउछीन्, ‘सबैको मायाले अघि बढ्ने हिम्मत र साहस पाएको छु । अब मैले मेरा फयानहरुका लागी भएपनी केही गर्नै पर्छ भन्ने पनि लाग्यो ।’ मुस्लिम धर्म लिएकी पूजा अहिले पुन हीन्दु धर्ममा फर्किएकी छन् ।







७ श्रावण २०८२, बुधबार १०:०१ 








