जिग्री पाँडेले सप्तरीका दृष्टिविहीनका लागि बनाईदिने घरका लागी सहयोग जुट्दै

...

माघ, सप्तरी । हाँस्यकलाकार जोडी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) पनि यतिखेर समाज सेवामा लागेका छन् । कलाकारहरुले पनि समाज परिवर्तनका लागी केहि गर्न सक्छन् भन्ने भावना अनुरुप यो जोडी यतिखेर सप्तरी जिल्ला पुगेको छ । कलाकारद्धय जिग्री र पाँडेले सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियान शुरु गरेको हो ।
jigri pade pratisthanउनीहरुका अनुसार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने भएका छन् ।
help for jigri pade pratisthanजिग्री पाँडे प्रतिष्ठानबाट उनीहरु अब निरन्तर समाजसेवामा लाग्ने बताएका छन् । कलाकारीतासँग समाजसेवा पनि गर्ने उनीहरुको चाहाना रहेको बताएका छन् ।

अहिले यस अभियानका लागी सहयोगको आह्वान गरेसँग सहयोग जुटिरहेको छ । झापा घर भई हाल जापानमा रहेका बिपिन ढुङ्गेलले यसै अभियानका लागी रु. ५१११ सहयोग गरेको जिग्री पाँडे प्रतिष्ठानका कुमार कट्टेलले जानकारी दिएका छन् । साथै झापा घर भई हाल इजरायल बस्दै आएका देविप्रसाद जमरकट्टेल र शोभा जमरकट्टेलले पनि सोहि अभियानका लागी रु १११३० सहयोग गरेको कट्टेलले जानकारी दिए ।


यसभन्दा अघिपनि उनीहरुले भुकम्प पिडितहरुलाई राहत बितरण कार्यक्रम त्यसैगरी जाडोमा न्यानो कपडा बितरण लगायतका सामाजिक काम गरीसकेका छन् ।
jigri pade pratisthan for helpस्थानीय शम्भु मण्डलको परिवारमा १७ जना छन् । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन् । उनीहरूको अवस्था निकै नाजुक भएकाले आफूहरूले घर बनाइदिन लागेको कलाकार अर्जुन घिमिरेले बताए । उनका अनुसार नयाँ तीन घरका लागि ३५ देखि ४० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

यस अभियानका लागी सहयोग गर्न चाहानेहरुले जिग्री पाँडे प्रतिष्ठानलाई सम्पर्क गर्नका लागी आह्वान समेत गरीएको छ ।

पछिल्लो समय कलाकारहरु पनि सामाजिक कार्यमा सक्रिए हुन थालेका छन् । हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली पनि बिगत केहि बर्षयता निरन्तर सामाजिक कार्यमा सक्रिए छन् ।