राजेश हमाल जस्तो बन्न चाहाने भगवती खड्का

...

काठमाडौँ। भगवती खड्का नेपालकी प्रथम महिला रेस्लर तथा कलकार हुन् । उनी गायीका ,रेस्लर हुँदै फिल्म खेल्ने कलकार बनिन् । उनले ६० -७० वटा गीत रेकर्ड गरीसकेकी छन् । दर्जनौ नेपाली तथा भोजपुरी फिल्ममा काम गरेकी छन् । उनले ६ सय ४४ मिटर उचाइमा रहेको कालापत्थरमा रेस्लिङ खेलेर र जितेर रेकर्ड राखीसकेकी छन् ।

उनले रेस्लर बन्छु भनेर सोचेकै थिइनन् वास्तवमा कलाकार बन्न काठमाडौँ आएकी हुन् । राजेश हमाल भन्ने वित्तिकै हुरुक्कै हुन्थीन् त्यसैले पद्मकन्या क्याम्पस पढ्दै गर्दा भारोत्तोलनको ट्रेनिङ लिइन् । २०६५ सालको कुरा हो  त्यो बेला १३५ केजी तौल समूहमा भगवती प्रथम भईन् । त्यसपछि रेस्लिङमा रुची बढ्न थालेको हो ।  उनले ११९ जनालाई महिला र ४३ जना पुरुषलाई रेस्लिङ सिकाइसकेकी छन् ।

भगवती खड्का ‘युनिका’लाई ‘रेस्लर’ भन्दा गर्व लाग्छ । भगवती नेपालको पहिलो महिला रेस्लर हुन् । तर, उनको परिचय यतिमै सीमित छैन । कलाकार बन्ने लक्ष्यले २०६४ सालतिर  काठमाडौँ टेकेकी भगवतीले थुप्रै फिल्ममा खलपात्रको रूपमा अभिनय गरेकी छन् । ‘प्रतिकार’, ‘हवल्दार सुन्तली’, ‘रामप्यारी’जस्ता फिल्ममा भिलेन भूमिका देखिएकी भगवती गायिका पनि हुन् । भगवती ‘नेपाल महिला रेस्लिङ फाउन्डेसन’की संस्थापक अध्यक्ष पनि हुन् ।