माघ, हेटौंडा । नेपाल चलचित्र संघको ४२ औँ साधारण सभाबाट अध्यक्षमा प्रदिप कुमार उदय बिजयी भएका छन् । मंगलबार हेटौंडामा सम्पन्न निर्वाचन बाट उनी संस्थाको नेतृत्वमा पुगेका हुन् ।
कलाकार सरिता लामिछाने, पत्रकार शान्तिप्रिय र अधिवक्ता सूर्य कुमार विमलीको निर्वाचन समिति अनुसार उदयको नेतृत्वमा आएको यो नयाँ कार्यसमितिले आगामी तीन बर्ष सम्म चलचित्र संघलाई नेतृत्व गर्नेछ ।
–
अध्यक्षमा निर्वाचित भईसकेपछि उदयले चलचित्र क्षेत्रलाई पारदर्शि र ब्यवस्थित बनाउने अठोट गरे । निर्वाचनले १३ सदस्य चुनेको छ।
नेपाल चलचित्र संघका नयाँ कार्यसमितिहरुको नामावलीः
अध्यक्ष : प्रदीप कुमार उदय
सदस्य : नरेन्द्र महर्जन
सदस्य : विक्रम पराजुली
सदस्य : मिजास पोखरेल
सदस्य : कपिल द्धा
सदस्य : गोपाल काजी कायस्थ
सदस्य : मधुसुदन प्रधान
सदस्य :अर्जुन श्रेष्ठ
सदस्य : अशोक शर्मा
सदस्य : बिरेन्द्र नारायण श्रेष्ठ
सदस्य : ओम जैसी
सदस्य :नारायण आचार्य
सदस्य : राजिव शाह
सदस्य : मदनमान बज्राचार्य