काठमाडौँ। गायक पुष्कल शर्मा भन्छन्, ‘मैले बिहेको कुरा लुकाउन खोजेको होइन । सबैलाई देखाएर हो हल्ला गरेर आँखा लाग्नु भन्दा म यतीकैमा खुसी छु ।’ बिहे नै नगर्ने मनस्थिति बनाएर बसेका पुष्कलले घरपरिवारको करले गर्दा उमेर ढल्किएपछि ४ वर्षअघीे मागी विवाह गरे ।
हालसालै सार्वजनिक भएको तीज गीतमा उनकी श्रीमतीले मोड्लिङ गरेकी छन् । धेरैलाई उनको विवाह भएको कुरा थाहा नहुन सक्छ । लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीतसङ्गीतको पछि हिँड्ने गायक पुष्कल शर्मालेका थुप्रै लोकदोहोरी गीत बजारमा छन् ।
२०६२ सालदेखि सङ्गीत क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका उनको ‘मलाई माफ गर’, ‘वचन’, ‘म अर्कैको’ जस्ता आधुनिक गीत र ‘मलामी’, ‘ढाँट्यो मायाले’, ‘तोरी लाहुरे’, ‘हिरो चर्तिकला’ जस्ता लोक गीतमार्फत उनले दर्शक–श्रोताको मन जितेका छन् ।








१२ श्रावण २०८२, सोमबार ०९:५९ 








