काठमाडौँ। बिहे नगरी बच्चा जन्माउछु भन्ने नायिका नम्रता सापकोटा अब विवाह गर्ने निचोडमा पुगेकी छन् । उनि भन्छिन्, ‘२०८४ साल कटाउदीन होला ।’ नम्रताले प्रेम विवाह गर्न लागेको उनी स्वयम्ले बताएकी छन् । एक समय नम्रता सापकोटा आफ्नै अभिव्यक्तिका कारण ट्रोलको सिकार बनिन् ।
उनले भनेकी थिइन् ,‘बिहे नगरी बच्चा जन्माउने चाहना छ ।’ यही अभिव्यक्तिका कारण उनलाई आजसम्म पनि उडाइन्छ । नम्रताले सो समयमा भनेकी थिइन् ,भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा विवाह नभए पनि बच्चा चैँ जन्माउछु । अहिले बच्चा जन्माउन धेरै तरिका भएको बताउने उनी त्यसका लागि विवाह गरेर श्रीमान्–श्रीमती नै हुनु नपर्ने तर्क राख्थिन् । सिङ्गल आमाले पनि बच्चालाई नागरिकता दिन पाउने कानुनमै बनेको समेत उल्लेख गदै आफ्नो पनि त्यस्तै योजना रहेको सुनाउथीन् तर अब भने उनको सोच बद्लिएको छ ।
म्युजीक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी उनी चलचित्रमा त्यती जम्न सकिनन् । उनले कमेडी दरबारमा पनि काम गरिन् र पछिल्लो समय भने उनी त्यति सक्रिय थिइनन् । ओशोको शरणमा पुगेर आध्यात्मिक बाटो अँगालेकी नम्रता अब भने विवाह गर्ने नीचोडमा पुगेकी छन् । नम्रताले अन्तराल, छक्का पन्जा, समर लभ, ब्रासलेट जस्ता थुप्रै चलचित्र मा काम गरेकी छन् ।







१२ श्रावण २०८२, सोमबार १०:४१ 








