काठमाडौँ। गायिका अन्जु पन्तकी छोरी परितोशिका नायिका बन्ने लयमा छिन्। नाटकमा अभिनय गरिरहेकी परितोशिकामा अभिनयको भोक छ । फिल्ममा डेब्यु गर्ने विषयमा उनी भन्छिन्, ‘सिक्दै छु राम्रो चलचित्रबाट अफर आए गर्न तयार छु ।’
कुन हिरोसँग फिल्म डेब्यु गर्न मन छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘त्यस्तो यही हिरोसँग काम गरौँ भन्ने त छैन तर सपोर्टीभ कोएक्टर भैदीएहुन्थ्यो भन्ने छ ।’ परितोशिकाको आवाज पनि निकै राम्रो छ । तर उनलाई गायनमा भन्दा अभिनयमा बढी रुचि देखिन्छ । यस कारण धमाधम नाटक गरिरहेकी उनी राम्रो फिल्मको पर्खाइमा छिन्।







१२ श्रावण २०८२, सोमबार १६:५० 








