‘नेपाल म्युजिक फेस्ट २०२५’ जापानमा

...

काठमाडाैँ। जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना गरिने भएकाे छ। ‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिइएको यो संगीत महोत्सव आगामी अगस्त महिनामा जापानका चार ठूला शहर टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुने आयोजकले बताएका छन् ।

फेस्टिभलमा नेपालको चर्चित र लोकप्रिय संगीत समूह स्वर, द एज र कबवेबले विशेष प्रस्तुति दिनेछन्।  कबवेब ब्यान्डको उपस्थिति पनि कार्यक्रमको विशेष आकर्षण मानिएको छ। फेस्टिभल अगस्त ३ मा टोकियोको बेल साले टाकाडानोबाबाबाट सुरु हुनेछ, जुन क्रमशः ओसाकाको नाम्बा ह्याच, फुकुओकाको जेप्प फुकुओका र नागोयाको डायमन्ड हल हुँदै अगाडि बढ्नेछ।

प्रवासी नेपाली मात्र नभई जापानी संगीतप्रेमीहरूलाई समेत लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ।