काठमाडौँ । अभिनेत्री ऋचा शर्माले आफूलाई सामाजिक सञ्जालमा अपमानजनक र अमर्यादित टिप्पणी गर्ने फौजी शाहीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएकी छन् । कञ्चनपुरका फउजी शाही नामका ती व्यक्तिमाथि उनले कानूनी कारबाहीको चेतावनी दिएकी छन् ।
उनले लेखकी छन्, ‘मेरो कामलाई लिएर जस्तोसुकै प्रतिक्रिया दिन सक्नुहुन्छ । मेरो सिनेमा बहिष्कार गर्न पनि सक्नुहुन्छ । तर, मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर जे मन लाग्यो त्यही गाली र अपशब्द बोल्न र लेख्न पाइन्न ।’
शाहीले एउटा रिल पोस्ट गरेका थिए, जसमा ऋचाको फोटो राखेर उनको नयाँ चलचित्र ‘बलिदान’ बहिष्कारको अपिल गरिएको छ । त्यसमा ऋचामाथि घृणित अपशब्दहरू लेखिएको थियो ।








१३ श्रावण २०८२, मंगलवार १९:०२ 








