कमब्याक गर्दै अभिनेत्री तृप्ती नाटकर

...

काठमाडौँ। करिब एक दशकपछि अभिनयमा पुन कम ब्याक गर्दैछिन् अभिनेत्री तृप्ती नाटकर । पछिल्लो पटक २०७० सालमा चलचित्र ‘मानव’मा देखिएकी उनी यो चलचित्रपछि पर्दाबाट हराएकी थिइन् । नेपाली सीने क्षेत्र छाडेर तृप्ती भारतमा बस्थिन् । भारतमा उनी शिक्षिका थिइन्  र अब भने उनले कमेडी दरबार टीमले निर्माण गर्न लागेको चलचित्र ‘क का कि की’ मार्फत पुनरागमन गर्दै छिन् ।

एक समय नेपाली चलचित्रमा तृप्ति नाटकरको एकछत्र राज थियो । उनले जुन चलचित्र छोयो, त्यही सुपरहिट हुन्थे । चलचित्र ‘सम्झना’बाट अभिनय यात्रा सुरु गरेकी उनले त्यसपछि ‘साइनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘कोसेली’ जस्ता यादगार चलचित्रमा अभिनय गरिन् ।  तृप्तिको भारत जन्मभूमि र नेपाल मातृभूमि हो । उनले नेपाली चलचित्रमा आउनुभन्दा अगाडि चार वटा मराठी चलचित्रमा अभिनय गरिसकेकी थिइन् । पिता मराठी चलचित्रको निर्माता भएकाले उनले बाल्यकालदेखि नै अभिनय गर्दै आएकी थिइन् ।

उनले निर्देशक आनन्द मेहेन्दीको हिन्दी सिरियल ‘लिलिपुट’मा अभिनेता ऋषि कपुरसँग बाल कलाकारको रूपमा समेत अभिनय गरेकी थिइन् । तृप्तीका छोरा धिरज नाटकरले पनि नेपाली सिनेमामा डेब्यु गरीसकेका छन् ।  तुप्ती भारतमै बसेपनी उनीमा अभिनयको भोक भने मरेको थिएन । राम्रो स्क्रिप्टको खोजीमा थिइन् उनी । र अन्ततः उनले कमब्याक गरेकी छन् ।

tripti -